आईसीसी क्रिकेट विश्वकप लिग–२ ओमानविरुद्ध खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ८ गते १२:३०
आईसीसी क्रिकेट विश्वकप लिग–२ ओमानविरुद्ध खेल्दै नेपाल

कावासोती । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको आफ्नो अन्तिम खेलमा आज ओमानविरुद्ध मैदानमा उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । क्यानडामा जारी शृंखलामा नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपाल र ओमानबीचको खेल नेपाली समयानुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार व्यहोरेको थियो ।

लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एक मात्र जित निकालेको छ । नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको छ ।

नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालको दुई अंक मात्र छ । छैटौँ स्थानको ओमानले ६ खेलबाट पाँच अंक जोडेको छ ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो ।

प्रकाशित : २०८१ असोज ८ गते १२:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI