आईसीसी लिग–२ : नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ६ गते ८:३३
आईसीसी लिग–२ : नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै

कावासोती । विश्वकप लिग २ अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा छ । पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन ।

क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर, नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन । पहिलो खेलमा लिग २ मा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकी ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।

नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरूरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित : २०८१ असोज ६ गते ८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI