मेवामा रमाउदैँ पुर्व र वर्तमान जनप्रतिनिधि

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ३१ गते ७:२२
मेवामा रमाउदैँ पुर्व र वर्तमान जनप्रतिनिधि

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहेका छन । वर्तमान वडा सदस्य मीनबहादुर महतो र पूर्ववडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहेका हुन ।

लालकृष्ण कृषि तथा पशु फार्म दर्ता गरेर उनिहरूले रेड लेडी प्रजातिको मेवा खेती गरिरहेका छन । हाल यो कृषि फार्ममा चार हजार आठ सय मेवाका बोटले दाना दिइरहेको वर्तमान वडा सदस्य मीनबहादुर महतोले बताए ।  यी बिरुवाबाट २० मेट्रिक टन मेवा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । चैतमा रोपेका यी मेवा असोजको पहिलो हप्तादेखि बजारमा पठाउन सकिने मीनबहादुरले बताए ।

हाल नेपाली मेवाको बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपियाँ रहेकोमा यसले यही मूल्य पाउन सकेमा ३० देखि ४० लाख रुपियाँ कमाउन सकिने महताको विश्वास छ । त्यसका लागि उहाँहरूले हालसम्म १८ लाख रुपियाँ खर्च गरेको पूर्ववडा सदस्य तेजबहादुर महतोले बताए ।

मेवा तयार भइसकेपछि काठमाडौँ र वीरगन्जका व्यापारीलाई बेच्ने गरी कुराकानी भइरहेको उनले बताउनुभयो । उहाँहरूले मेवाभित्रै खरभुजाको खेती गरेका थिए । तीन महिनामै तयार भएको खरबुजा राम्रै आम्दानी दियो । तीन महिना एउटै जग्गामा खरबुजा र मेवा हुर्किए । खरबुजा निकालेपछि अहिले मेवा पनि तयार भइरहेको छ । अरू फलफूलका लागि बर्सौं कुर्नु पर्छ । खरबुजाले एक वर्षमा चार पटक र मेवाले दुई पठक फसल दिने भए पनि उनिहरू यो खेतीमा आकर्षित भएका हुन।

समाजसेवा गर्दैगर्दा आफ्नो जीविकोपार्जनका लागि सहयोगी हुने मीनबहादुरको भनाइ छ । “जनप्रतिनिधि हुँ भनेर मात्र पनि नहुने, घर व्यवहार चलाउन पैसा नै चाहिने रहेछ, त्यसैले जीविकोपार्जन गर्न पनि सहज हुने र अरू कृषिमा जस्तो धेरै मेहनत पनि नचाहिने भएकाले हामीले यो खेती सुरु गरेका हौँ,” मीनबहादुरले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०८१ भदौ ३१ गते ७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI