युनाईटेड गोल्डकप : चोरमारा युवा क्लबलाई हराउँदै रामपुर सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २२ गते १९:३८
युनाईटेड गोल्डकप : चोरमारा युवा क्लबलाई हराउँदै रामपुर सेमिफाइनलमा

कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको शनिबार सम्पन्न पहिलो क्वाटर फाईनलमामा रामपुर रडस चितवन विजयी भएको छ ।

चोरमारा युवा क्लबलाई ३-१ गोल अन्तरले हराउदैँ रामपुर रडस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

भोलि आईतबार दोस्रो क्वाटर फाईनल खेल वातासिनो कावसोती र नमूना युवा क्लब पश्चिमटोला बिच हुने छ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।

प्रकाशित : २०८१ भदौ २२ गते १९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI