पाकिस्तानी संसद्‌ भवनभित्र मुसा आतंक

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ५ गते १३:०८
पाकिस्तानी संसद्‌ भवनभित्र मुसा आतंक

इस्लामावाद । पाकिस्तानको संसद्‌मा यतिबेला अनौठो समस्या आइपरेको छ । तर यो समस्यासँग राजनीतिज्ञहरूको कुनै सरोकार छैन । वास्तविक समस्या संसद् भवनमा रहेका मुसा हुन् । मुसा आतंकका कारण नयाँ सांसदहरू डराएका छन् । संसद्‌भित्रका  मुसा निकै ठूलो भएको र बिरालाहरू समेत तिनलाई देखेर डराउने राष्ट्रियसभाका प्रवक्ता जफर सुल्तानले बीबीसीलाई भने ।

एक आधिकारिक समितिले सन् २००८ को बैठकको रेकर्ड मागेपछि संसद्‌मा मुसा आतंकबारे खुलासा भएको हो । यो फाइलको अधिकांश हिस्सा मुसाले काटेर खत्तम पारिसकेको थियो । संसद् भवनमा मुसा आतंक विकराल बनेपछि मुसाबाट छुटकारा दिलाउन वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट समेत छुट्याइँदै आएको छ ।

धेरैजसो मुसा संसद् भवनको पहिलो तलामा रहेको बताइएको छ । यो तलामा प्रतिपक्षी दलको नेताको कार्यालय छ । अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।

पाकिस्तानी पत्रपत्रिकामा मुसा मार्ने विज्ञापन नै जारी गरिएको छ । मुसाको समस्या हटाउन अधिकारीहरुलाई सहयोग हुने पेष्ट कन्ट्रोल कम्पनीको खोजी भइरहेको छ । तर अहिलेसम्म दुई वटा कम्पनीले मात्रै यसमा रुची देखाएका छन् ।

प्रकाशित : २०८१ भदौ ५ गते १३:०८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI