देवचुलीमा बन्ने ट्रमा सेन्टरलाई जग्गाको भोगाधिकार दिने मन्त्री परिषदको निर्णय (निर्णय सहित)
NAWALPUR TIMES प्रकाशित : २०८१ साउन ३० गते १३:५५
कावासोती । नवलपुर बासीको बहुप्रतिक्षित तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना ट्रमा सेन्टरका लागि जग्गाको भोगाधिकार दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ ।
मन्त्री परिषदको साउन १४ गते बसेक बैंठकले देवचुली नगरपालिका वडा नं १७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि मन्त्री परिषदले भोगाधिकार दिने निर्णय गरेको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले बताए ।
मन्त्री परिषदमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले डिभिजन वन कार्यालय कावासोतीको प्रतिवेदन र वन तथा भु संरक्षण विभागको राय सुझाव सहित वन क्षेत्रको २ हेक्टर जग्गामा ट्रमा सेन्टरका लागि जग्गा भोगाधिकार दिने प्रस्ताव पेश गरेका थिए ।
मन्त्री परिषदको निर्णय अनुसार उक्त वन क्षेत्रमा विभिन्न प्रजातिका ६ सय ४६ वटा रुख,पोल काटन अनुमती दिईएको छ ।
Facebook Comment