वुमन्स एसिया कपः भारतविरुद्ध भिड्दै नेपाल, सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ८ गते ८:५०
वुमन्स एसिया कपः भारतविरुद्ध भिड्दै नेपाल, सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा

कावासोती । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ।

सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा पराजित भएको छ ।

सन् २०१६ मा भएको एसिया कपमा  नेपाल र भारतकाे भेट भएको थियाे ।  उक्त खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएकाे थियाे ।  ८ वर्षपछि नेपालले भारतसँग बदला लिने  माैका पाएकाे छ ।

प्रकाशित : २०८१ साउन ८ गते ८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI