महिला एसिया कप : दोस्रो खेलमा पाकिस्तानसँग खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ६ गते ९:२२
महिला एसिया कप : दोस्रो खेलमा पाकिस्तानसँग खेल्दै नेपाल

कावासोती । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रिदै छ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार आईतबार बेलुका सवा सातमा सुरु हुदैछ । खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी क्रिकेट मैदानमा हुदैछ ।

यस खेलमा जित निकाल्दै नेपाल पहिलो पटक एसिया कपको सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । नेपालले सेमिफाइनलमा स्थान पक्का गर्न दिउँसो हुने खेलमा भारतले युएईलाई पराजित गर्नु पर्ने हुन्छ ।

नेपालले पछिल्लो पाँच मध्ये चार टी-२० आई खेल जितेको छ । उता, पाकिस्तानले भने पाँच मध्ये एक खेल पनि जित्न सकेको छैन । नेपालले शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कप ईतिहासको पहिलो जित दर्ता गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।

प्रकाशित : २०८१ साउन ६ गते ९:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI