चट्याङ्ग लागेर तीन विद्यार्थीसहित पाँच जना गम्भीर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार १३ गते ९:३७
चट्याङ्ग लागेर तीन विद्यार्थीसहित पाँच जना गम्भीर घाइते

कावासोती । चट्याङ्ग लागेर दैलेख र कैलालीमा गरी पाँच जना गम्भीर घाइते भएका छन् । कैलालीमा चट्याङ लागेर ३ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् । विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिका एक बालिकाका चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

यता गएराति परेको चट्याङ्गले दैलेखको भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीय कुसुम शाही घाइते भएका हुन् ।

घरमा सुतिरहेको बेला चट्याङ्ग पर्दा उनीहरू घाइते भएको दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए ।

घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको छ ।

प्रकाशित : २०८१ असार १३ गते ९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI