कावासोती । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ ।
पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ ।यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ ।
यतिबेला पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह गरेको छ ।
प्रकाशित : २०८१ असार १३ गते ९:३४
Facebook Comment