गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ११ गते २१:३६
गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

कावासोती । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ ।

तनहुँको भिमादस्थित खेल मैदानमा सोमबार सम्पन्न खेलमा नवलपुरले स्याङजालाई हराउँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा खेलमा नवलपुर ३–१ गोलले बविजयी भएको हो ।

नवलपुरलाई जित दिलाउन संगिता बिक, कविता विक र रिमा सापकोटाले समान १–१ गोलको योगदान दिए भने स्याङजाका लागि सुक्रिया मिंयाले १ गोल फर्काइन् ।

प्रतियोगितामा उपाधि बिजेता नवलपुरले नगद १ लाख र उपविजेताले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

सम्पन्न प्रतियोगितामा स्याङजाकी सुक्रिया मियाँ सर्वोत्कृष्ट हुँदै नगद रु ८ हजार प्राप्त गर्न सफल भइन् भने सर्वाधिक गोलकर्ताको उपाधि समेत उनैले पाइन् । उनले सर्वाधिक गोलकर्ता हुँदै थप नगद ५ हजारका साथमा ट्रफी पाइन् ।

यस्तै प्रतियोगितामा बेष्ट किपर नवलपुरकी नम्रता महतो, वेष्ट डिफेन्डर स्याङजाकी माया मास्की, नवलपुरकी संगिता विक उदियमान खेलाडी घोषित हुँदै ट्रफीका साथ नगद ५–५ हजार प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा ८ गतेबाट सुरु भएको प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको थियो ।

प्रकाशित : २०८१ असार ११ गते २१:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI