स्ववियु कुमारवर्तीको आयोजनामा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ६ गते ११:०६
स्ववियु कुमारवर्तीको आयोजनामा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुँदै

कावासोती । नवलपुरमा आगामी असार ८ गते प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, कुमारवर्ती बहुमुखी क्याम्पस र गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना र नगर युवा सञ्जाल कावासोतीको सहकार्यमा फुटसल प्रतियोगिता हुन लागेको आयोजकले बुधबार कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

जिल्लाको कला, संस्कृती र पर्यटनलाई जोडेर प्रतियोगिता गर्न लागिएको कुमारवर्ती बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिप चापागाँईंले जानकारी दिए । प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लामध्ये ८ जिल्लाबाट टिम निश्चित भएको र बाँकी दुई जिल्लाबाट पनि सहभागिताको प्रयास भइरहेको चापागाँईले जानकारी दिए ।

कला, संस्कृतीसँग जोडनका लागि खेलाडीहरुलाई असार ७ गते अमलटारी होमस्टेमा राखी थारु कल्चरन डान्स अवलोकनका लागि सहभागि खराइने र पर्यटन प्रवर्द्धनका लागि ८ गते बिहान जंगल सफारीको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

त्यसपछि खेलाडी फुटसलमा सहभागि हुनेछन् । नकआउट चरणमा हुने प्रतियोगिता १०/१० मिनेटको हुनेछ । प्रथम हुनेले नगद एक लाख, ट्रफी र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र पाउने आयोजकको भनाई छ । त्यस्तै उत्कृष्ट गोलकिपर, स्ट्राइकलालई पनि पुरस्किृत गरिने बताइएको छ ।

प्रतियोगिता कावासोटी–८ शीतलचोकमा रहेको फुटसल मैदानमा हुनेछ । टिम दर्ताका लागि ५ हजार शूल्क तोकएिको आयोजकले जनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपालको भूगोलका हिसावले पनि फुटसल महत्वपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद्ले पनि त्यसलाई प्राथमिकतामा रहेको जानकारी दिए ।

 

प्रकाशित : २०८१ असार ६ गते ११:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI