चन्द्रयान-३ चन्द्रमामा अवतरण हुँदै : हेर्नुहोस लाईभ भिडियो
NAWALPUR TIMES प्रकाशित : २०८० भदौ ६ गते १७:५१
कावासोती । भारतले चन्द्रमामा अवतरण गराउन लागेको पहिलो ऐतिहासिक अन्तरिक्ष यान चन्द्रयान–३ आज भारतीय समय अनुसार आज (बुधबार) ६ बजेर ४ मिनेटमा अवतरण हुँदै छ ।
अवतरण सफल भएमा भारतले चन्द्रमामा अवतरण गरेको यो पहिलो मानव निर्मित वस्तु हुने छ । हालसम्म रुस, अमेरिका र भारतले मात्रै चन्द्रमामा अन्तरिक्षयानको सफल अवतरण गराएका छन् ।
भारत यो उपलब्धि हासि गर्ने चौथो मुलुक हुने छ । चन्द्रयान–३ को अवतरणको लाइभ भारतीय समय अनुसार आज साँझ ५ बजेर ३५ मिनेटदेखि सुरु भइसकेको छ ।
लाइभ इसरोको आधिकारीक वेबसायट र सामाजिक सञ्जालका अकाउन्टमा हेर्न सकिन्छ ।
Facebook Comment