कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं १० मा रहेको अरुणखोलामा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ ।
अरुणखोलाको पुल तल पानी जमेर बनेको दहमा पौडी खेल्न गएका मध्यविन्दु-१० टाडीका १३ वर्षीय बालक महेश खानगा साथीहरु सँग पौडी खेल्ने क्रममा डुबे पछि प्रहरी र स्थानियले अचेत अवस्थामा उद्धार गरेका थिए ।
पानीको दहबाट अचेत अवस्थामा उद्धाए गरि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याईएको बालकलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन श्रेष्ठले बताए ।
पछिल्लो समय गर्मि बढे सँगै पौडी खेल्ने क्रममा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या बढेको छ । गत शनिबार कालीगण्डकी नदिमा पौडी खेल्न जादा दुईजनाले डुबेर ज्यान गुमाएका थिए भए सोमबार अरुणखोलाकै मुखे ढुङ्गा रहमा पौडी खेल्न गएका शिक्षकको डुबेर ज्यान गएको थियो ।
प्रकाशित : २०८० जेठ ३० गते १८:४१
Facebook Comment