मत सर्वेक्षण : तनहुँमा गाेविन्द जित्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ७ गते ९:१४
मत सर्वेक्षण : तनहुँमा गाेविन्द जित्दै

 

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनमा मिश्रीत परिणाम आउने भएकाे छ । उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रमा गरिएकाे एक मत सर्वेक्षणले यस्ताे देखाएकाे हाे ।

तनहुँमा कांग्रेसले नै जित कायम गर्ने देखिन्छ । तनहुँ १ मा कांग्रेसका गाेविन्द भट्टराईले जित्ने सर्वेक्षणबाट देखिएकाे छ । यसअघि कांग्रेसले जितेकाे साे क्षेत्रमा भट्टराईकाे पक्षमा मतदाताकाे सेन्टिमेन्ट देखिएकाे छ । १ हजार ९ सय ३० मतदातासँग गरिएकाे सर्वेक्षणमा ९ सय ३० ले रूखमा मत दिने बताएभने ४ सय ७१ ले घण्टी र ४ सय ३० मतदाताले सुर्य चिन्हमा मत दिने बताए । त्यस्तै १०० जना ले अन्य अथवा कसलाई मतदान दिने प्रष्ट भैनसकेको प्रतिक्रिया जनाए। विकासप्रेमी र स्थानीय पनि भएकाले कांग्रेसका भट्टराईले चुनाव जित्ने सम्भावना सर्वेक्षणले देखाएकाे छ । यहाँ एमालेबाट सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मैदानमा छन् ।

विगतमा रामचन्द्र पाैडेल उठ्दा गाेविन्दराज जाेशीका कारण विपक्षमा परेकाे अधिकांश मत यसपटक भट्टराईलाई पर्ने देखिएकाेछ । `जाेशीले समर्थन जसलाई गर्याे उसलाई मत हाल्ने कुरा हुन्न।हिजाे रामचन्द्र हुँदाकाे कुरा भिन्न हाे,´´ जाेशी निकट स्थानीय नेताले नाम नखुलाइदिन आग्रह गर्दै भने, “पार्टीले हामीमाथिकाे कारवाही फुकुवा गरिसक्याे । जाेशी सरसँग सति जाने कुरा हुन्न । रूखलाई जसरी जिताइन्छ ।´´

प्रकाशित : २०८० वैशाख ७ गते ९:१४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI