नवलपुर । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मध्यबिन्दु नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदको उम्मेदवार टुङगो लगाएको छ ।
नगरप्रमुख पदका लागि नेकपा माओबादी केन्द्र मध्यबिन्दु नगरपालिकाबाट नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य तथा नवलपुर जिल्ला सचिव सुष्मा खनाल अर्याल ( सम्झना) र उपप्रमुख पदमा वाइसीएलका केन्द्रीय सदस्य खुमाकान्त अधिकारी (अनन्त) लाई सर्वसम्मत चयन गरेको हो ।
नगरप्रमुख र उपप्रमुखसँगै १५ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरु समेत टुङगो लगाएको जिल्ला अध्यक्ष धनप्रसाद सापकोटाले जानकारी दिए । बिहिबार सम्म नवलपुर जिल्लाका आठै वटा स्थानिय तहका उम्मेद्वारको टुङगो लगाउने समेत जानकारी दिए ।
प्रकाशित : २०७९ वैशाख ८ गते ७:५८
Facebook Comment