त्यस्ता दुर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरो गठन भएको छ ।
-ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
-प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
–यहाँ क्लिक गरी निवेदनको नमुना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमुना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् ।
-साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् ।
-प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
-यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।
प्रकाशित : २०७८ फागुन १३ गते ११:२६
Facebook Comment