काठमाडौ । नेपालमा विद्युतीय राहदानीको युगमा प्रवेश गरेको छ । बुधबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी प्रदान गरेपछि नेपाल विद्युतीय राहदानीको युगमा प्रवेश गरेको हो ।
अब नेपाल र यहाँका नागरिक विश्वका विकसित मुलुक सरहको राहदानी बोक्ने देश र नागरिक बनेको छ । योसँगै नेपालमा विद्युतीय राहदानीको औपचारिक प्रचलन सुरु भएको हो । त्रिपुरेश्वरस्थित राहदानी विभागको नवनिर्मित भवनमा आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अब नेपाली नागरिकले अन्तर्राष्ट्रिय जगतमा छवि उच्च हुने विश्वास व्यक्त गरे ।
विदेश यात्राका लागि जो जससँग सम्बन्धित छ भन्ने सिफारिस पत्रको युग, हस्तलिखित राहदानीको युगहुँदै छोटो समयमै नेपालले मेसिनले पढ्ने राहदानी र विद्युतीय राहदानीको यात्रा तय गर्नु आफैंमा निकै ठूलो उपलब्धि भएको उनले बताए । गोरखापत्रमा खबर छ ।
प्रकाशित : २०७८ मंसिर २ गते १०:०३
Facebook Comment