काठमाडौं । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानले यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा पाएका छन् ।
नोबेल पुरस्कार कमिटिले उनीहरुलाई अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा नोबेल पुरस्कार दिने घोषणा गरको हो ।
नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।
यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।
प्रकाशित : २०७८ असोज २० गते २०:५७
Facebook Comment