कावासोती । नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिमा पुन: दोमन भण्डारी बिजयी भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनबाट दोमन भण्डारी ३१ मतले बिजयी भएका हुन् ।
भण्डारीले कुल खसेकाे २८९ मत मध्ये १५४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कुलबहादुर गुरुङले १२३ मत प्राप्त गरे ।
कुल ३०० मतदाता रहेकाे मध्यविन्दुमा करिब २८९ मत खसेकाे थियाे । सभापति सहित कार्यसमितिमा सबै भण्डारी प्यानलनै विजयी भएको छ ।
सभापतिमा विजयी भएका भण्डारी कांग्रेस नेता बिष्णुकुमार कार्की निटकका मानिन्छन भने सभापति पदका प्रत्यासी कुलबहादुर गुरुङ नेता महेन्द्रध्वज जिसी निकट मानिन्छन्।
अहिले मतगणनाको काम सकीयको छ । जसको ताजा परिणाम यस प्रकार रहेको छ ।
सभापति
दोमन बहादुर भण्डारी :- १५४ ( बिजयी )
कुलबहादुर गुरुङ :- १२३
उप–सभापति
भण्डारी प्यानलबाटः
जित ब. थापा :- १४९ (बिजयी)
पर्सुराम महतो :- १८० (बिजयी)
गुरुङ प्यानलबाटः
योग माया महतो:- १०८
हिराध्वज कुमाल :- ८४
सचिव
भण्डारी प्यानलबाटः
हरि प्र. बस्ताकाेटी:-२५९ (बिजयी)
तिलक न्यौपाने:-१५० (बिजयी)
गुरुङ प्यानलबाटः
कृष्ण भन्डारी:- ९२
रामचन्द्र थापा “बिशाल” :- १४२
सह-सचिव
भण्डारी प्यानलबाट:
बिफला थारु : १६१ (बिजयी)
टक बहादुर ढेगा : १६९ (बिजयी)
गुरुङ प्यानल:
राम प्र. ढकाल : १०५
केबल प्र. नेपाल “सुनिल” : ९९
प्रकाशित : २०७८ असोज १३ गते १०:४८
Facebook Comment