मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपुरका कमाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २२ गते २०:५६
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपुरका कमाल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल नियुक्त भएका छन् ।

नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

लामो समय शिक्षा क्षेत्रमा क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुन् । अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् । त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन् ।

मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने व्यवस्था छ ।

प्रकाशित : २०७८ असार २२ गते २०:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI