नवलपुर क्षयरोगको उच्च जोखिममा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १० गते १८:३७
नवलपुर क्षयरोगको उच्च जोखिममा

कावासोती । नवलपुर जिल्ला क्षयरोगको उच्च जोखिममा रहेको मंगलबार जिल्लाको देवचुलीमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले बताएका छन ।

विश्व क्षयरोग दिवस २४ मार्चको पुर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको आयोजना र दामियन फाउन्डेसनको सहयोगमा आयोजित पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपुर दोस्रो उच्च जोखिममा रहेको जिल्ला भएको  जनाईएको हो ।

यस आ.वको हालसम्म जिल्लामा २ सय २२ जना क्षयरोगका रोगी फेला परेका छ्न । त्यसतै १९ जनामा क्षयरोग पुर्ण रुपमा निको नभएर पुन: बल्झिएको कार्यक्रममा जानकारी गराईएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकको अनुसार यस आ.व हाल सम्म जिल्लाको कावासोतीमा ५९ जना, मध्यविन्दुमा ४३ जना, देवचुलीमा ४२ जना, गैँडाकोटमा ३८ जना, विनयीत्रिवेणीमा २४ जना, हुप्सेकोटमा १९ जना, बुलिङ्टारमा १० जना र वौदीकालीमा ६ जना क्षयरोगका बिरामी फेला परेका छ्न । यो तथ्यांकले आधारमा प्रदेशकै दोस्रो धेरै क्षयरोगका बिरामी रहेको जिल्ला भएको पुष्टि गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।

जिल्लामा रहेका २ सय ४१ मध्ये उच्च जोखिममा रहेका १८ जना बिरामीलाई अहिले पनि छुट्टै स्थानमा राखिएको छ । कसैको पनि सम्पर्कमा नआउने गरि उनिहरुलाई मध्यविन्दुमा डि आर होम स्थापना गरि राखिएको कार्यक्रममा जानकारी गराईएको थियो । उच्च जोखिममा रहेका क्षयरोगका बिरामीलाई राख्नका लागि दामियन फाउन्डेशनको १ करोड ५० लाखको लागतमा डि आर होम स्थापना गरिएको फाउन्डेसनका प्रबन्धक शालिकराम रिजालले बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जिल्लाका करिब ६० प्रतिशत  जनसंख्या अहिले पनि क्षयरोगको जोखिम रहेको बताए । उनका अनुसार जिल्लाको ग्रामीण क्षेत्र भन्दा बजार क्षेत्र यो रोगको उच्च जोखिममा रहेको छ ।

 

प्रकाशित : २०७७ चैत १० गते १८:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI