विचित्रको संसार :दोस्रो बिहे गर्न नपाएपछि आत्महत्या गर्न बिजुलीको पोलमा चढे ६० वर्षीय वृद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २६ गते १०:४२
विचित्रको संसार :दोस्रो बिहे गर्न नपाएपछि आत्महत्या गर्न बिजुलीको पोलमा चढे  ६० वर्षीय वृद्ध

परिवारमा ५ छोराछोरी रहेका ६० वर्षीय वृद्धले दोस्रो बिहे गर्न जिद्दी गर्‍यो भनेर पत्याउन गाह्रो पर्ला । तर भारतको राजस्थानबाट यस्तै समाचार बाहिरिएको छ ।

राजस्थानको धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आत्महत्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढे । आफूले दोस्रो बिहे गर्न पाउनुपर्ने भन्दै ती वृद्धले परिवार र बच्चाहरूमाथि दबाब दिँदै आएका थिए ।

सौभाग्य नै मान्नुपर्छ, जतिबेला ती वृद्ध पोलमा चढेर तारलाई छुनै लागेका थिए, त्यतिबेला तारमा बिजुली थिएन । जसले गर्दा ती वृद्ध मृत्यु हुनबाट जोगिए ।

वृद्धको उद्देश्य थाहा पाएपछि परिवार र गाउँलेले स्थानीय बिजुली सवस्टेसनका कर्मचारीलाई खबर गरेपछि लाइन काटिएको थियो ।-एजेन्सी

प्रकाशित : २०७७ फागुन २६ गते १०:४२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI