मुकुन्दपुर खानेपानी : सचिव बाहेक सबै पदमा लोकतान्त्रिक प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ६ गते ८:३४
मुकुन्दपुर खानेपानी : सचिव बाहेक सबै पदमा लोकतान्त्रिक प्यानल विजयी

कावासोती : मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको बुधबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समुहले सचीव बाहेकका सबै पदमा जित हात पारेको छ ।

बिहिबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षपदमा लोकतान्त्रिक प्यानलका शेषकान्त देवकोटाले १२०७ मत ल्याएर विजयी भएका छ्न । देवकोटाका निकटम प्रतिद्वन्द्वी बाम प्रगतिशील प्यानलका माधवप्रसाद कोइरालाले ११०५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन संयोजक लिलाधर शर्माका अनुसार उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका चन्द्रदत्त जैशीले ११४५ मत ल्याएर विजयी भएका छन भने जैशीका प्रतिद्वन्दी बाम प्रगतिशील प्यानलका खड्कबहादुर क्षेत्रीले १०८२ मत प्राप्त गरेका हुन । सचिवमा भने बामप्रगतिशिल प्यानलका विनोदकुमार श्रेष्ठले ११५९ मत ल्याएर विजयी भएका छन । सचीव पदका अर्का प्रत्यासी लोकतान्त्रिक प्यानलका सोमबहादुर भण्डारी क्षेत्रीले १०७७ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । यसै गरि कोषाध्यक्ष पदमा लोकतान्त्रिक प्यानलकै रोहिणी सदाशंकर सुनारले १११० मत ल्याएर विजयी हुँदा बाम प्रगतिशील समूहका चेतना अर्याल आचार्यले ११०८ मत प्राप्त गरेकी जनाईएको छ ।

त्यस्तै समितिका महिला सदस्यहरुमा लोकतान्त्रिक प्यानलका इन्दिरा महतो र पंचुमाया चितौरे, सदस्यहरुमा लोकतान्त्रिक प्यानलकै दुर्गादत्त कंडेल, प्रेमलाल खरेल, बुद्धिप्रसाद न्यूरे विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

संस्थाको छैठौं अधिवेशनले सहमतिमा कार्यसमिती चयन गर्न नसकेपछी संस्थाको
नयाँ नेतृत्वका चयनका लागी नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक प्यानल र नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले बाम-प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

निर्वाचन समितिले जनाए अनुसार साबिक मुकुन्दपुर गाविस क्षेत्रका ३२ सय २० उपभोक्ता सदस्य मतदाता रहेपनि २४२२ मतदाताले मतदान गरेका थिए ।

 

 

प्रकाशित : २०७७ फागुन ६ गते ८:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI