कावासोती । पुर्वी नवलपरासी प्रहरीले ६ किलो गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको देवचुली नगरपालिका वडा नं १० को धौलागिरी मार्ग बाट राती एक बजेको समयमा किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित कावासोती-१५ बस्ने प्रकाश घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिएका छ्न ।
गिरीका अनुसार चेकजाँचको क्रममा लु ४२ प ६०३६ नम्बरको मोटरसाईकलमा सवार घिमिरेले बोरामा लुकाएर ल्याउदै गरेको अवस्थामा अन्दाजी ६ केजी प्रतिबन्धित लागुऔषध गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका घिमिरेलाई म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको गिरीले बताए ।-फाईल तस्बिर
प्रकाशित : २०७७ फागुन ४ गते १८:१०
Facebook Comment