नेकपा नवलपुरको दाहाल-नेपाल समूहले प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक पठायो
NAWALPUR TIMES प्रकाशित : २०७७ पुष २४ गते १४:१६
कावासोती । नेकपा (दाहाल-नेपाल समूह)ले शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओलीलाई विरोध पत्र र संविधानको किताब पठाएको छ ।
संसद विघटनको विरोधमा आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले शुक्रबार देशैभरी प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र र संविधानको पुस्तक पठाउने कार्यक्रम तय भए अनुसार पुर्वी नवलपरासीमा पनि कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा केन्द्रिय सदस्य किसन शर्मा गैरे, केन्द्रिय सदस्य रविन्द्र अधिकारी , संविधान सभा सदस्य कृष्ण पौडेल , नेकपा जिल्ला कमिटी सचीव मित्रशरण शर्मा (बिहानी), नेकपाका नेताहरु धनप्रसाद सापकोटा , बालकृष्ण रानाभाट लगाएतका नेताहरु सहितको टोलिले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत प्रधानमन्त्रीलाई संसद विघटन गरिएको प्रती विरोध जनाउदै विरोध पत्र र संविधानको पुस्तक पठाईएको नेकपा जिल्ला सदस्य एवं अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हरि सिग्देलले बताए ।
Facebook Comment