ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १५ गते १६:४५
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म

काठमाडौं । ९ महिनापछि मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला भएको छ । बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध हुनेछ । उक्त कोटाभित्र तपाईंले आवेदन दिन सक्नुहुन्छ ।

तर, लामो समयपछि फारम खुलेकाले आवेदन दिने धेरै देखिएका छन् । जसले गर्दा यातायात व्यवस्था विभागको अनलाइन साइट नखुल्ने समस्या देखिएको छ । उक्त समस्या समाधानका लागि काम भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोटा अन्तर्गत एउटा कार्यालयबाट मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सयले दैनिक अनलाइन आवेदन दिन पाउने छन् ।

तर, अनलाइन आवेदन दिने विषयबारे जानकारी नहुँदा हामी कतिपयले आवेदनका लागि विचाैलियालाई पैसा तिर्नुपर्ने अवस्था रहेको छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई अनलाइन मार्फत सवारी चालक अनुमतिपत्रको आवेदन कसरी दिने भन्ने विषयमा प्रक्रियागत रुपमा जानकारी दिँदैछौ ।

अनलाइन आवेदन दिने तरिका

त्यसका लागि सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट(www.dotm.gov.np)खोल्नुहोस् । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्क्स’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 11
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 26

त्यहाँ क्लिक गर्दा नयाँ विन्डोज खुल्नेछ । जसको सबैभन्दा माथि निलो रंगले लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 12
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 27

यसपछि आउने नयाँ विन्डो ‘सिटीजनसिप’ मा नेपाल छानेर New License मा अप्लाई गरी ‘प्रोसिड’ मा क्लिक गर्नुहोस् ।

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 13
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 28

‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ । उक्त फारममा आवश्यक जानकारी भरी (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन पनि मिल्दैन ।) अन्त्यमा रहेको ‘submit’ मा क्लिक गर्नुहोस् ।

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 14
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 29

जब तपाईंले अनलाइन फारम भरेर ‘submit’ मा क्लिक गर्नुहुन्छ । तब, यदि तपाईं तोकिएको कोटाभित्र पर्नु भएको खण्डमा तपाईंको अनलाइन फारम विभागको सिस्टमले एक्सेप्ट गर्नेछ । यदि कोटाभित्र पर्नुभएन भने विभागले आजका लागि कोटा पुरा भएको जानकारी दिनेछ र तपाईंको फारम एक्सेप्ट हुनेछैन ।

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 15
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म 30

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

उक्त तेकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।

बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । साेही दिन तपाईंको लिखित परीक्षा दिने समय समेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ ।

लिखित परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

प्रकाशित : २०७७ पुष १५ गते १६:४५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI