कावासोती । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं ५ को हरियाली सामुदायिक वन र वडा नं ७ को विजय सामुदायिक वनको सिमानामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।
महिना पुगेर जन्मिएको शिशुको शव सुरवालमा बेरेर जेब्रा झोलामा राखेर फालिएको अवस्थमा वनहेरालुले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
शिशुको शवलाई परिक्षणको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको र थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।-फाईल फोटो
प्रकाशित : २०७७ पुष १ गते १५:५२
Facebook Comment