रजहर खानेपानी : अध्यक्षमा प्रगतिशील प्यानलका थापा विजयी , लोकतान्त्रिक प्यानललाई बहुमत
NAWALPUR TIMES प्रकाशित : २०७७ मंसिर २८ गते १२:१८
कावासोती । रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा प्रगतिशील प्यानलका गंगाबहादुर थापा विजयी भएका छ्न । यो सँगै थापा तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सापकोटालाई १७ मतको अन्तरले पराजित गरेका हुन । थापाले ८१८ मत पाउँदा सापकोटाले ८०१ मत पाएका छ्न । यसै गरि अध्यक्ष पदका अर्का उम्मेदवार विवेकशील साझाका हरिप्रसाद गौतमले ७३ मत पाएका छ्न । अध्यक्षमा र एक सदस्य मात्रै प्रगतिशिल प्यानलका उम्मेदवार विजयी भए पनि अन्य सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छ्न ।
यस्तै गरि उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकि टीका शर्मा भुसाल सचीवमा संगिता बराल सापकोटा , कोषाध्यक्षमा डिलमाया मरासिनी, सहसचिवमा जमुना कंडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरि वडा नं १,२ ४ ,५ ,६ र ८ मा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छ्न भने वडा नं ३ मा यस अघि नै प्रगतिशील प्यानलका उम्मेदवार सर्वसम्मत भएका हुन । यसै गरि लेखा समितीको संयोजक लगाएत सदस्य पदमा पनि लोकतान्त्रिक प्यानलकै उम्मेदवार विजयी भएका छ्न ।
प्रगतिशील प्यानल बाट नेकपा र जनमोर्चाको संयुक्त उम्मेदवारी थियो भने लोकतान्त्रिक प्यानलबाट नेपाली काङ्ग्रेस र राप्रपाले संयुक्त उम्मेदवारी दिएका थिए ।
Facebook Comment