कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले नेपाली काङ्ग्रेसको महाधिवेशनमा हिन्दु राष्ट्रको एजेन्डा प्रमुख हुने बताएका छ्न ।
हिन्दुराष्ट्रको एजेन्डा लिएर देश दौडाहामा निस्किएका नेता भन्डारीले शुक्रबार पुर्वी नवलपरासीको कावासोतीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै नेता भण्डारीले सनातन हिन्दुधर्मलाई पाखा लगाउदा काङ्ग्रेसको कम्जोर भएको जिकिर गरे । काङ्ग्रेस कार्यकर्ताहरुले हिन्दुधर्मको एजेन्डा अगाडी बढाउन अनुरोध गरेकोले आफू हिन्दु राष्ट्रको मुद्दा बोकेर देश दौडाहामा निस्किएको भण्डारीको भनाई थियो ।
कार्यक्रममा नेता भण्डारीलाई मंसिर २९ गतेको विरोध प्रदर्शनलाई शसक्त बनाउन पनि आग्रह गरेका छ्न । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, निरंकुशता तर्फ अगाडी बढेको र आन्तरिक झगडामा अल्झिएर जनताको काम नगरेको भन्दै भण्डारीले सरकारलाई सहिबाटोमा ल्याउन पनि २९ गतेको प्रदर्शन आयोजना गरिएको भण्डारीले बताए ।
काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णुप्रसाद लामिछानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित : २०७७ मंसिर २६ गते १९:४०
Facebook Comment