प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनबाट थप १५ जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ६ गते १७:४४
प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनबाट थप १५ जना कोरोना संक्रमण मुक्त

कावासोती । पुर्वी नवलपरासीको रजहरमा रहेको अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा रहेका १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।

संक्रमण मुक्त हुनेहरुमा कावासोती नगरपालिकाका ३ पुरुष र ३ महिला सहित ६ जना, गैंडाकोट नगरपालिकाका२ जना पुरुष , हुप्सेकोट गाँउपालिकाका १ जना पुरुष , बुलिङ्गटार गाँउपालिकाका १ जना पुरुष , भरतपुर महानगरपालिका वडा नं २ का १ पुरुष र १ महिला सहित २ जना, गाहाघाट बाग्लुङका १ जना पुरुष , रेसुङ्गा गुल्मिका १ जना पुरुष र तिनहु पाल्पाका १ जना पुरुष रहेका अस्पताल का निर्देशक डाक्टर विनोद पौडेलले नवलपुर टाईम्सलाई बताए । उनीहरुको गत ४ गते स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाईएको थियो । त्यसतै १४ दिन आईसोलेसनमा रहेर पनि पोजिटिभ रिपोर्ट आएका दुई जनालाई होम आईसोलेसनमा बस्ने गरि घर पठाईएको डाक्टर पौडेलले बताए ।प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनबाट थप १५ जना कोरोना संक्रमण मुक्त 3संक्रम्ण मुक्त भएकाहरुलाई आजनै डिस्चार्ज गरेर घर पठाईएको अस्पतालले जनाएको छ ।

यो सँगै प्राकृतिक चिकित्सालय बाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ सय ४९ पुगेको र अस्पतालको आईसोलेसनमा शनिबार साँझसम्म ७ जना संक्रमित रहेको डाक्टर पौडेलले बताए ।

 

प्रकाशित : २०७७ मंसिर ६ गते १७:४४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI