विद्यालयहरु बन्द गर्न कावासोती नगरपालिकाको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते २०:०६
विद्यालयहरु बन्द गर्न कावासोती नगरपालिकाको निर्देशन

प्रेम न्यौपाने/कावासोती

नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाको बिपद ब्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले कोभिड 19 को रोकथाम तथा नियन्त्रणका लागि कार्तिक २ गतेदेखि कार्तिक १४ गतेसम्म नगरभित्रका सबै विद्यालय सन्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि विद्यालय संचालनमा रोक लगाउने निर्णय भएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो ।विद्यालयहरु बन्द गर्न कावासोती नगरपालिकाको निर्देशन 3
सरकारले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि नगरपालिका भित्रका विद्यालयहरु धमाधम खुलेका थिए । निर्देशिकाले प्रत्यक्ष सिकाइ भन्दा बैकल्पिक सिकाइका लागि जोड दिएको भएपनि सबै विद्यार्थी बैकल्पिक सिकाइको पहुँचमा आउन नसकेको भन्दै असोज पहिलो सातादेखि विद्यालय सन्चालनमा आइरहेका थिए ।
सिकाइ सहजीकरणका लागि विद्यालयहरुले प्रत्यक्ष सम्पर्क कक्षा सन्चालन गरेपछि विद्यालयमा कोभिड संक्रमणको जोखिम बढेको भन्दै सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियोे । कोरोना संक्रमणको जोखिमका बीचमा विद्यालय सन्चालनमा आएपछि विभिन्न विद्यार्थी संगठनहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले यसै सन्दर्भमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

प्रकाशित : २०७७ असोज ३० गते २०:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI