नवलपुरमा थप ९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ६ गते १६:०५

कावासोती । नवलपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय बाट प्राप्त रिपोर्ट अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको  परिक्षणमा जिल्लाको  मध्यविन्दु नगरपालिकाको वडा नं २ का ४० वर्षीय १ जना पुरुष , वडा नं ८ का ३१ र ६५ वर्षीय २ जना महिला , वडा नं ६ का ६५ वर्षीय १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।नवलपुरमा थप ९ जनामा कोरोना संक्रमण 3

त्यस्तै थपिएका नयाँ संक्रमितमा विनयी त्रिवेणि गाँउपालिकाको वडा नं ४ का २४,२६ र २९ वर्षीय ३ जना पुरुष र ४५ वर्षिय १ जना महिला , वडा नं ३ का ३० वर्षीय १ पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ८०६ पुगेको छ । ३३८ जना सक्रिय संक्रमित पुगेको जिल्लामा ६ जनाको मृत्यु भई सकेको छ भने जिल्लामा निको हुनेको संख्या ४६२ रहेको छ ।

प्रकाशित : २०७७ असोज ६ गते १६:०५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI