प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते ११:२९
प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको
कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको भएका छ्न ।
प्रादेशिक प्रयोगशाला बाट बिहीवार बेलुकी प्राप्त रिपोर्ट अनुसार १३४ जनाको परिक्षण गर्दा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशव चापागाईंले बताए ।प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको 3
संक्रमण मुक्त हुनेहरुमा विनयी त्रिवेणि गाउँपालिकाका ६ जना पुरुष र ७ महिला, कावासोती नगरपालिकाका ६ पुरुष र ३ महिला, गैंडाकोट नगरपालिकाका १२ पुरुष र ४ महिला, मध्यविन्दु नगरपालिकाका ३ पुरुष देवचुली नगरपालिकाका १० पुरुष र ४ महिला र झापा जिल्ला घर भएकी १ महिला रहेका प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिएका छ्न ।
प्रकाशित : २०७७ असोज २ गते ११:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI