कावासोती-१६ का १२ वर्षीय बालक सहित नवलपुरमा शनिबार तीन जनामा कोरोना संक्रमण
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ २० गते २१:०१
कावासोती । कावासोती नगरपालिका वडा नं १६ का १२ वर्षीय बालक सहित शनिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका अन्य संक्रमितहरुमा हुप्सेकोट गाउँपालिका वडा नं ३ कि २८ वर्षीय महिला र गैंडाकोट नगरपालिका वडा नं १ का ६० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३३ पुगेको छ जस मध्य ३ सय ६६ जना निको भईसकेका छ्न । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ् भने २ जनाको निधन भएको छ ।
Facebook Comment