कोरोना संक्रमण देखिएका गैंडाकोटका मृगौला बिरामीको मृत्यु
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ १८ गते १६:३५
कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ५ का ३७ वर्षीय मृगौलाका बिरामी रहेका पुरुषमा कोरोना संक्रमण देखिए पछि बिहीवार २:२० बजे मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजले जारी गरेको विज्ञप्तीमा गैंडाकोट २ का भनिए पनि उनि गैंडाकोट ५ का रहेको गैंडाकोट-५ का वडाध्यक्ष नवराज कंडेलले बताउनुभयो । मृगौलामा समस्या देखिए पछि उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेज भरतपुरमा गत भदौ ९ गते भर्ना भएका उनको स्वास्थ्यमा जटिलता देखिए पछि भदौ १० गते कोरोना परिक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
Facebook Comment