नवलपुरमा संक्रमितको संख्या ५ सय नजिक ३ सय ४१ निको भए
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ १७ गते १६:२२
नवलपुर । पूर्वी नवलपरासीमा कोरोनाबाट संक्रमितको संख्या ५ सय नजिक पुगेको छ । बुधबार थपिएका १५ जना सहित नवलपुरमा संक्रमितको संख्या ४९५ पुगेको हो । बुधबार पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना र चितवनकाको सिएमसीमा गरिएको परीक्षणमा ८ जना गरी १५ जना नयाँ संक्रमित थपिएका हुन् । नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईका अनुसार बुधबार थपिएका मध्ये १ जना देवचुली नगरपालिका १ निवासी ६४ बर्षीय मृगौला रोगी पुरुष भने होम आइसोलेशनमा रहेका छन् । यो सहित देवचुलीमा होम आइसोलेशनमा बस्नेको संख्या २ पुगेको छ । यस अघि एक जना सुत्केरी महिला पनि होम आइसोलेशनमा बसेका छन् । बुधबार कावासोतीका १ जना, देवचुलीका ५ जना, विनयी त्रिवेणीका ५ जना र गैडाकोटका ४ जना गरी १५ जना थपिएका हुन् । आज थपिएका सहित नवलपुरमा संक्रिय संक्रमितको संख्या १५३ जना पुगेको छ ।नवलपुर मा अहिलेसम्म १ जनाको निधन भएको छ भने ३ सय ४१ जना उपचार पछि निको भएका छन् । कोरोना जितेका ३४१ जना मध्ये १ जनाको पनि डिस्चार्ज हुने बेला निधन भएको छ ।
Facebook Comment