कावासोती/भदौ ११
नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार भरतपुरको चितवन मेडिकल कलेज कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा मध्यबिन्दु १० अरुणखोलाका ४० र ५० बर्षका २ पुरुष र गैंडाकोट ५ का ३५ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
बिहिबार बिहान पुष्टि भएका तिनै जना ट्राभल हिस्ट्री नभएका समुदाय स्तरका भएको जनाईएको छ । संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी सुरु गरिएको बताईएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।
प्रकाशित : २०७७ भदौ ११ गते ९:३४
Facebook Comment