बुलिङ्गटारका २ जनामा कोरोना संक्रमण पुष्टि: नवलपुरमा संक्रमितको संख्या २ सय २० पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ असार १५ गते १६:५०
कावासोती । नवलपुरको बुलिंङटार गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको ३२ स्वाब मध्ये २ जनाको नतिजा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।
यो सँगै नवलपुरमा कोरोना संक्रमितको संख्या २ सय २० पुगेको छ । यस्तै आजै जिल्लाका १६ कोरोना संक्रमित निको भएर घर फर्किएका छ्न ।
Facebook Comment