काठमाडौं । भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीकी २८ वर्षीया छोरी इशा अम्बानीको गत बर्ष डिसेम्बर १२ मा विवाह भयो । इशा परिमल ग्रुपका कार्यकारी निर्देशक आनन्द परिमलकी श्रीमती बनिसकेकी छन् । सो भव्य विवाह समारोहमा विभिन्न क्षेत्रहरूको दिग्गज सेलिब्रिटी पुगेका थिए । विवाह मुम्बईको अम्बानीको घर ‘अन्टिटिया’ मा भएको थियो।
इशा अम्बानी देशको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बनीको छोरीको रूपमा चिनिन्छ । तर यसबाहेक इशाको पनि फरक पहिचान छ। फिनप्याप रिपोर्टको अनुसार, इशा अम्बानीको कुल वार्षिक आय १२ अरब ८४ करोड २६ लाख रुपैयाँ रहेको छ । साथै उनि रेन्ज रोवर, पोर्श र मर्सिडीज बेन्ज जस्ता गाडिको पनि मालिक हुन् ।
येल र स्ट्यानफोर्ड जस्ता विश्वविद्यालयबाट पढाइ सकेकी इशा निकै प्रतिभाशाली छन्। यसको क्षमताबाट अनुमान लगाउन सकिन्छ कि २००८ मा सबै भन्दा कम उमेर अर्वपति छोरीहरुको सुचीमा इशा अम्बानी दोस्रो स्थानमा थिइन् ।
विद्यालयको पढाइ सकेपछि इशाले मनोविज्ञान र दक्षिण एशियान अध्ययनमा येल विश्वविद्यालयबाट स्नातक गरिन् र स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीएमा डिग्री हासिल गरिन् ।
उनि येलमा आफ्नो अध्ययन गर्दै गर्दा बुबा मुकेश अम्बानीलाई जियो सुरू गर्न सुझाव दिएकि थिइन् । सो कुराको हालै मुकेश अम्बानीले २०११ मा इशाले जियोको सुरुवात गर्न सुझाएको बताएका छन् ।
येलबाट आफ्ना अध्ययनहरू पूरा गरेपछि इशा अमेरिकाको विश्वव्यापी व्यवस्थापन परामर्श फर्म एण्ड कम्पनीमा काम गरिन् । अक्टोबर २०१४ मा उनि जियो र रिलायन्स स्टिलको बोर्ड अफ निर्देशक बनिन् ।
उनले आफ्नी आमाले जस्तै स्ट्यानफोर्डमा पढाई गरेकी थिइन्। उनि व्यापार मात्र होइनसबै तिर व्यस्त वनिन् २०१७ मा न्यूयर्कको सबैभन्दा ठूलो कार्यक्रम, द मेट ग्यालेन्टमा उनले डेव्यु गरिन् ।
इशा अम्बानीको हरेक वर्ष को कमाइ ४७१० करोड भारतीय रुपैयाँ रहेको छ । उनि १६ वर्षको उमेरमा रिलायन्स इन्डस्ट्रीजमा ८९ अरब ३४ करोड रुपैयाँको मालिक बनिन् ।
प्रकाशित : २०७६ पुष १९ गते २२:०१
Facebook Comment