चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १७ गैंडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १७ गैंडाको मृत्यु

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालुप आ.व ८२/८३ को ८ महिनाको अवधिमा १७ गैंडा को मृत्यु भएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आठ  महिनाको अवधिमा विविध कारणले १७ वटा गैँडाको मृत्यु भएको हो ।

मृत्यु भएका १७ गैंडा मध्य १२ वटा भाले, ३ वटा पोथी र २ वटाको लिंग पहिचान हुन नसकेको सूचना अधिकारी थापाले जानकारी दिए ।

थापाका अनुसार यो अवधिमा मरेका १७ वटा मध्य १० वटाको मृत्यु प्राकृतिक कारणले मृत्यु भएको हो । ५ वटा अर्को गैंडासँग जुधेर घाईते भएकै कारणले मरेका हुन भने २ वटा दलदलमा फसेर र एउटा करेन्ट लागेर मरेको थापाले बताए ।

यसै बिच गत आ.व ८१/८२ मा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा २८ वटा गैंडाको मृत्यु भएको थियो । निकुञ्जको तथ्यांक अनुसार आव ७५/७६ मा ४३ वटा, ७६/७७ मा २६ वटा, ७७/७८ मा ३५ वटा, ७९/८० मा २० वटा र ८०/८१ मा २१ वटा गैँडाको मृत्यु भएको हो ।

२०८० कार्तिक ३० यता चोरी शिकारीबाट गैंडा मर्न रोकिए पनि प्राकृतिक कारणले गैंडाको मृत्यु हुने क्रम बढिरहदा संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छ्न ।

पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन निकुञ्जमा मात्रै ६९४ वटा गैँडा छन् । चितवनका अलावा पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology