नवलपुरमा १६ हजार ६ सय ४५ किशोरीले लगाए एच.पी.भी खोप

NAWALPUR TIMES

नवलपुरमा १६ हजार ६ सय ४५ किशोरीले लगाए एच.पी.भी खोप

कावासोती । गत माघ २८ गते देखि सुरु भएको एच पि भि खोप अभियानमा नवलपुरका १६ हजार ६ सय ४५ किशोरीले लगाए एच पि भि खोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कक्षा ६ देखि १० सन्चालन भएका २ सय ३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर सन्चालन भएको खोप अभियानमा ९६.१८ प्रतिशत अर्थात १६ हजार ६ सय ४५ जना ले खोप लगाएका प्रादेशिक स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

 

अभियानको क्रममा सबै भन्दा धेरै गैँडाकोटमा ३ हजार ४ सय २७ जना र कम बौदीकालीमा ४ सय ९० जना किशोरीले खोप लगाएका हुन । त्यसै गरि देवचुलीमा २ हजार ८ सय जना, बुलिङ्ग्टारमा ५ सय ३४ जना, कावासोतीमा ३ हजार ८ सय ३ जना, मध्यविन्दुमा २ हजार ३ सय ४५ जना, हुप्सेकोटमा १ हजार १ सय ६६ र विनयी त्रिवेणीमा १८८० जना किशोरीले खोप लगाएका हुन । अभियानका क्रममा १६ हजार ३ सय ६ जना विद्यालय जाने र १ सय ३९ जना विद्यालय नजाने किशोरीले खोप लगाएका हुन ।

प्रदेश स्वास्थ्य कार्यालय अभियानको सुरुवात गर्दा जिल्लामा १७ हजार ९९ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको जनाएको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology