कावासोतीमा बस दुर्घटना : १५ जना घाइते ( घाईतेको विवरण सहित)

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १९ गते २०:५६
कावासोतीमा बस दुर्घटना : १५ जना घाइते ( घाईतेको विवरण सहित)

कावासोती । कावासोतीमा आइतबार साँझ भएको बस दुर्घटनामा करिब १५ जना यात्रु घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्गको कावासोती-८ खरकट्टामा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको यात्रुवाहक बस साँझ ६:५० बजे चालकले सवारीमाथि नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुर ले जनाएको छ। दुर्घटनाको समयमा बसमा करिब ३० जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई प्रहरी टोलीले उद्धार गरी तत्कालै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा तथा पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको जनाइएको छ।

दुर्घटनामा घाईतेहरुको नाम ठेगाना यस प्रकार 
# नवलपुर अस्पताल कावासोती न.प.(पूर्व)मा उपचाररत घाइतेहरु:-
१) जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१६ बस्ने वर्ष-५० को अर्जुन घर्ती मगर, छातीमा भित्री चोट, अवस्था मध्यम, उपचारमा आफन्त(९८५७०२८४३०)संलग्न ।
२) ऐ.न.पा.१५ बस्ने वर्ष-५० को प्रबल भट्टराई, दुबै हात र टाउकोमा चोट, अवस्था मध्यम, उपचारमा आफन्त(९८४५०६७३०२)संलग्न ।
# नँया मेडिकल कलेज भरतपर चितवनमा उपचाररत घाईतेहरु:-
१) जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.१३ बस्ने वर्ष-३५ की दिलमाया महतो, निधारमा चोट अवस्था सामान्य ।
२) जिल्ला न.प.(पूर्व) ऐ.ऐ. बस्ने दिलमाया महतोको छोरा वर्ष-९ को दिगन महतोलाई चोटपटक नभएको सामान्य
३) जिल्ला न.प.(पूर्व) ऐ.देवचुली न.पा.१६ बस्ने वर्ष-३५ को कृष्ण पौडेल, बाँया खुट्टामा चोट, अवस्था सामान्य ।
४) निजको श्रीमती वर्ष-३५ की हिमान्वी देवी शर्मा, बाहिरी चोट नभएको, अवस्था सामान्य ।
५) जिल्ला न.प.(पूर्व) ऐ. कावासोती न.प.२ बस्ने वर्ष-४० तुलसी रैला, बाहिरी चोट नभएको सामान्य ।
६) जिल्ला न.प.(पूर्व) ऐ.कावासोती न.पा.२ बस्ने वर्ष-५५ की कोपिला लामिछाने, बाहिरी चोट नदेखिएको, अवस्था मध्यम ।
# पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचाररत घाइतेहरु:-
१) जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.२ बस्ने वर्ष-५५ को नागेन्द्र कुमार तिवारी, छातीमा चोट, अवस्था मध्यम ।
२) जिल्ला सप्तरी बोदेबरसाइन न.पा.१० बस्ने वर्ष-२७ को मिथलेस यादव,टाउकोमा चोट अवस्था सामान्य ।
३) ऐ.ऐ. बस्ने वर्ष-२५ को निरज यादव, टाउको र बाँया खुट्टामा चोट, अवस्था मध्यम ।
४) जिल्ला चितवन भरतपुर म.न.पा.-१३ बस्ने वर्ष-४० की राधा बल,टाउकोमा चोट, अवस्था मध्यम ।
५) निजको छोरा वर्ष-९ को आयुस बल, टाउकोमा चोट, अवस्था मध्यम ।

प्रकाशित : २०८२ साउन १९ गते २०:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI