कावासोती । देवचुलीको टोक्रे खोला पुल नजिक १२ यात्रु बोकेको अटो लोडर दुर्घटना हुँदा १ जनाको भारतिय नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छ्न ।
मंगलबार सांझ लु १ स ९०९४ नं.को सामान बोक्ने अटो लोडर चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको थियो ।
दुर्घटनामा परेर भारत मोतिहारी बस्ने ३५ वर्षीय रिजवान खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । खानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसै गरि दुर्घटनामा परेर अन्य ११ जना घाइते भएका छ्न । घाईतहरु सबै भारतिय नागरिक रहेको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर सवना खातुन, रजिया खातुन, मोहम्मद रजा, मेहेक इस्तियाक,इस्तियाक आलम, मौजमा इमाम, जोया इस्तियाक, निजामुदिन हुसेन, सावा खातुन, उमर रजा, कुलसुम वान घाइते भएका हुन ।
घाइतेहरुको मेडिकल पुरानो कलेज भरतपुरमा उपचार भैरहेको छ ।
मृतकर घाईते भारतिय नागरिक कुन प्रयोजनका लागि आएका थिए भन्ने प्रहरीले खुलाएको छैन । वैवाहिक समारोहमा आएका बेला खाली समयमा घुम्न गएका बेला दुर्घटना परेको भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको भए पनि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताए ।
प्रकाशित : २०८२ भदौ १० गते १९:४७
Facebook Comment