७७ बर्षिया बृद्धामाथि भएको बलात्कार मिलापत्र गराउने जनप्रतिनिधिसहित ५ पक्राउ

NAWALPUR TIMES

७७ बर्षिया बृद्धामाथि भएको बलात्कार मिलापत्र गराउने जनप्रतिनिधिसहित ५ पक्राउ
rape

कैलाली, २५ पुस। कैलालीको घोडाघोडी–४ की एक ७७ बर्षिया बृद्धामाथि भएको बलात्कार घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।

घोडाघोडी नगरपालिका–४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

१५ मंसिरमा भएको उक्त घटना आर्थिक लेनदेन नमिलेका कारण बाहिरिएको हो। पीडित बृद्धाका छोराले घटना भएकै दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिलगायतले मिलापत्र गराइएको थियो।

तीन लाख रुपैंया दिने सर्तमा मिलापत्र गराइएको थियो। तर पीडित परिवारले दुई लाखमात्र पाएका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology