७६ वर्षपछि आरोपमुक्त भयो गोरखापत्र

NAWALPUR TIMES

७६ वर्षपछि आरोपमुक्त भयो गोरखापत्र
Adarsha mavi Birgunj

काठमाडौं । २००३ सालको एसएलसी परीक्षा गोरखापत्रका कारण सरेको भन्‍ने आरोपबाट गोरखापत्र मुक्त भएको छ । तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारी लेखेका छन् ।

विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय)ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी आफूहरूका कारण परीक्षा सरेको भन्दै गोरखापत्रले गलत समाचार छापेको र त्यसका लागि गोरखापत्रविरुद्ध आवश्यक कारबाही गर्न माग गरेको थियो।

सो पत्र त्रिचन्द्र क्याम्पसमा सुरक्षित रहेको फेला पारिएको छ। २००३ साल पुस १७ गतेको गोरखापत्रमा परीक्षा नियन्त्रकले परीक्षा सरेको जनाउ दिँदै विज्ञापन छापेको पाइएको छ। विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ।

विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ। इतिहासकार शिव ढकालले विराटनगर स्कुलले लेखेको पत्र आफूले त्रिचन्द्र क्याम्पसमा फेला पारेको बताएका छन् । २००३ सालको परीक्षा सात दिनका लागि सारिएको थियो। गोरखापत्रमा खरदार हरमणि आदी कन्ट्रोलर अफ एक्जामिनेसन्सका नामबाट जाँच सर्‍यो’ शीर्षकमा विज्ञापन छापिएको थियो।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology