६७ वर्षको ‘लम्बोदर प्रसाद’ले सडकमै त्याग्यो प्राण

NAWALPUR TIMES

६७ वर्षको ‘लम्बोदर प्रसाद’ले सडकमै त्याग्यो प्राण
hatti scaled 1

कावासोती । ६७ वर्षको भाले हात्ती लम्बोदर प्रसादले सडकमै प्राण त्यागेको छ । चितवन राष्ट्रिय निकुञ्जको बछौली हात्तीसारमा पालिएको लम्बोदर प्रसादको मंगलवार साँझ कालगतीले मृत्यु भएको निकुञ्जले बताएको छ ।

निकुञ्जमा चरेर हात्तीसारतर्फ आउँदै गर्दा हात्ती सडकमै ढलेको हो । जनकौली मध्यवर्ती सामुदायिक वन नजिकको सडकमा ढलेको हात्तीको शवलाई निकुञ्जले लगेको हो । पूजा र धुपबत्ती बालेर हात्तीको अन्त्येष्टि गरिएको छ ।

वन्यजन्तु अस्पताल सौराहाका प्रमुख डा विजय श्रेष्ठका अनुसार यो हात्ती विगत ८ वर्षदेखि विरामी थियो । नवलपरासीको गिदेनी पोष्टमा छँदै विरामी भएको यो हात्तीलाई नियमित निगरानीमा राख्न भनि पाँच वर्ष अगाडि सौराहा ल्याइएको थियो ।

मंगलवार निकुञ्जमा जानु अघि भने हात्ती सामान्य अवस्थामै रहेको श्रेष्ठले बताए । सौराहामा आतंक मच्चाइरहेको मकुना हात्तीलाई छल्न बस्तीको बाटो हुँदै फर्किएको लम्बोदर प्रसाद अचानक सडकमा ढलेर प्राण त्याग गरेको हो । भाले हात्तीकाे औसत आयु ६५ देखि ७० वर्ष हुने चिकित्सकहरु बताउँछन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology