३७ औं युनाइटेड गोल्ड कपको उपाधी सेन्ट्रल कलेज २८ बिगाहाले उचाल्यो

NAWALPUR TIMES

हुप्सेकोटमा जारी ३७ औं युनाईटेड गोल्ड कपको उपाधी सेन्ट्रल कलेज २८ बिगाहाले जितेको छ ।
बिहिबार सम्पन्न फाईनल खेलमा नवज्योती युवा क्लब हसौरालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले गोल्ड कपको उपाधी आफ्नो पक्षमा पारेको हो । गोल्ड कपको ३७ औं संस्करणको बिजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उप बिजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेका छन ।

२० फुटवल क्लब सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीको कप सेन्ट्रल कलेज २८ बिगाहाका जितेश गुरुङले प्राप्त गरेका छन भने सर्वाधिक गोलकर्ताको कप नवज्योती युवा क्लब हसौराका आशिष महत्तोले उचालेका छन उनले खेल अवधिभर ८ गोल गरेका थिए ।

नवज्योति युवा क्लबका किपर राहुल मुखियाले उत्कृष्ट किपरको पुरस्कार प्राप्त गर्दा अनुशासीत टिमको पुरस्कार चोरमारा युवा क्लब चोरमाराले प्राप्त गरेको छ । सेमिफाइनल प्रबेश गरेर बाहिरिने गोर्खा फोर्स सिसेनी र हरियाली युवा क्लब रजहरले २५ हजार ५ सय पचपन्न नगद प्राप्त गरेका छन ।

भाद्र २२ गते देखि सरस्वती मा.बि गिरुवारीको खेल मैदानमा संचालन भएको खेलको समापन समारोहमा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पुर्ण सिंह राना प्रमुख अतिथी रहेका थिए ।
आयोजक युनाइटेड युवा क्लबले गोल्ड कपको ३८ औं संस्करण संचालन गर्ने घोषणा गरेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology