३० हजार संक्रमित होम आईसोलेसनमा

NAWALPUR TIMES

३० हजार संक्रमित होम आईसोलेसनमा
unnamed

काठमाडौं,कार्तिक २० । कोरोना संक्रमितले होम आइसोलेसन र समयमै उपचार नपाएर पनि ज्यान गुमाएको पाइएको छ। ३० हजार १ सय ३१ जना घरमै आइसोलेसनमा बसेका छन्। आईसीयूमा ३ सय ७९ र भेन्टिलेटरमा ७८ जना उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले घरमै आइसोलेसनमा बसेकाहरूले स्वास्थ्यकर्मीसँग परामर्श नलिएको बताए। ‘कोरोना संक्रमण निको भएकासँग सरसल्लाह गरी विभिन्न औषधि सेवन गरेको पाइएको छ’, उनले भने, ‘आइसोलेसनमा बसेका बेला तीन पटक ज्वरो र अक्सिजनको लेभल स्याचुरेसन नाप्नुपर्छ। यदि गाह्रो महसुस भए चिनेको चिकित्सक वा हटलाइनमा फोन गरी सहयोग लिनुपर्छ।’

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले पनि सबै कोभिड प्रयोगशाला सञ्चालन गरेका अस्पताल एवं मेडिकल कलेजले होम आइसोलेसनमा टेली कम्युनिकेसन, कन्सल्टेसन र काउन्सिलिङ गर्नुपर्ने निर्णय गरेको छ। अस्पताल नभएका प्रयोगशालाले कुनै सरकारी वा निजी तवरबाट सञ्चालित अस्पतालसँग समन्वय गरी टेली कम्युनिकेसन, कन्सल्टेसन र काउन्सिलिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। संक्रमितको संख्या बढेसँगै नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन स्वीकृति प्रदान गरिएको डा गौतमले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology