२ कक्षामा पढ्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ

NAWALPUR TIMES

२ कक्षामा पढ्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ
1613971446584

डडेल्धुरा, १० फागुन । डडेल्धुरामा २ कक्षामा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

 

प्रहरीसमक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताएका छन् । उनका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ।

मेडिकल रिपोर्ट आएपछि कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology